नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न नेता-कार्यकर्तामा अपिल गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहेका बेला कावा सभापति खड्काले विज्ञप्ति जारी गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न अपिल गरेका हुन् । अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक रहेको उनको भनाइ छ । 'नेपाली कांग्रेस राष्ट्रियता र लोक...