शेयर बजार साढे ५ अङ्कले घट्दा ६ अर्ब ४७ कराेड रुपैयाँकाे काराेबार

हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५४ अङ्कले घटेर २ हजार ६ सय ३५ विन्दुमा झरेको छ । आज विकास बैंक, होटल, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूह १ दशमलव १६ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ७८ वटा कम्पनीको शेयर घटेकोमा ७५ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सुमर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ४ दशमलव २५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन एसवाई प्यानल नेपाल र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्...