नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, ६ अर्ब ४७ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा छ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ दशमलव ६१ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य दुई, होटल तथा पर्यटन शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन एक दशमलव शून्य दुई, र म्युचुअल फन्ड शून्य दशमलव ११ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उप...