नेपाली कांग्रेसको विशेष महाधिवेशन चल्दै गर्दा डा. शेखर कोइराला समूहका नेताले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । विशेष महाधिवेशन आयोजक पक्षको समेत कुरा लिएर कोइराला समूह देउवालाई भेट्न गएको थियो । सोमबार दिउँसो देउवासँग भेटेपछि शेखर समूह आन्तरिक छलफलमा बसेको हो । यसअघि कोइरालाले बिहान कानून व्यवसायीसहित आफू निकट नेतासँग छलफल गरेका थिए । सभापति देउवाको निवासमा पनि छलफल चलिरहेको छ । संस्थापन पक्षले पार्टी विशेष महाधिवेशनमा सहभागी भएका प्रतिनिधिलाई घर फर्किन आग्रह गर्ने तयारी गरेको छ ।...