निष्कर्ष सुनाउन तोकियो टोली नेता, महामन्त्रीद्वयको प्रतिवेदनमाथि छलफल जारी

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दशत्रमा महामन्त्रीद्वय गगन थापाको राजनीतिक र विश्वप्रकाश शर्माको विधान संशोधन प्रस्तावमाथि छलफल चलिरहेको छ । सोमबार जारी बन्दशत्रमा समूहगत छलफल चलिरहेको हो । छलफलको निष्कर्ष सुनाउन ९ जना टोली नेता चयन गरिएको छ । टोली नेतामा कोशी प्रदेशबाट मेदनी सिटौला, मधेशबाट चन्द्रेश्वर यादव र बागमतीबाट वीरेन्द्र सिंह छन् । यस्तै उपत्यका विशेष प्रदेशबाट प्रमोदहरि गुरागाईँ, गण्डकीबाट रेशम बानियाँ, लुम्बिनीबाट भुवन श्रेष्ठ छन् । यस्तै कर्णालीबाट नारायण भट्टराई, सुदूरपश्चिमबाट भरत खड्का तथा भातृ...