महाधिवेशनबारे कार्यसम्पादन समितिको निर्णयमा अडिग छौं : सहमहामन्त्री यादव

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनसम्बन्धी गरेको निर्णयमा अडिग रहेको बताएका छन् । सभापति शेरबहादुर देउवासँगको सोमबार भएको छलफलपछि महाराजगञ्जबाट बाहिरिने क्रममा उनले विशेष अधिवेशनको औचित्य छैन भनिसकेका कारण पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा अडिग रहेको बताएका हुन् । ‘केन्द्रीय कार्यसमिति एक ढिक्का भएर पार्टी […]