राष्ट्रियसभाको अधिवेशन आह्वान, बैठक सिंहदरबारमा बस्ने

राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पाैडेलले आगामी माघ ४ गते बिहान ११ बजे बस्नेगरी राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन् । उनले सरकारको सिफारिसमा संघीय संसद् सचिवालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।