नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल र अन्य प्रक्रिया लम्बिँदा बन्दशत्र मंगलबार पनि जारी रहने देखिएको हो । विशेष महाधिवेशन प्रचार-प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बन्दशत्र मंगलबारसम्मै चल्ने जानकारी दिए । मंगलबार दुई महामन्त्रीको प्रतिवेदनमाथि छलफल सकेर नेतृत्व चयनको प्रक्रिया शुरू हुने उनको भनाइ छ । 'महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि...