प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपरान्ह भएको भेटमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रूपमा इतिहास बनाएकोमा कार्कीलाई बधाई ज्ञापन तथा सफलताको कामना गरे । यस्तै, प्रधानमन्त्री कार्कीले नेपाल-इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै तर्फबाट प्रयास जा...