नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विषम परिस्थितिमा पुगेको भन्दै जोगाउन सबै लाग्नुपर्ने बताएका छन् । उनले त्यसका लागि विशेष पहल गर्न डा. शेखर कोइरालालाई आग्रह गरेका छन् । सोमबार दिउँसो भेट्न आएका कोइरालालाई देउवाले विशेष भूमिका खेल्न आग्रह गरेका हुन् । ‘शेखर दाइले पार्टीमा यस्तो विषम परिस्थिति छ, जोगाउन सभापतिले पहल गर्नुपर्छ, पहल गर्नुस् भनेर राख्नु भयो,’ कोइराला पक्षीय एक नेताले लोकान्तरसँग भने, ‘सभापतिले गभीरतापूर्वक लिएको छु । पार्टी जाेगाउन सबै लागौं, तपाईंले...