समानुपातिक बन्दसूचीबाट ६० जनाभन्दा धेरैले नाम फिर्ता लिन निवेदन दिए

काठमाण्डाै – आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीबाट ६० जनाभन्दा धेरैले नाम फिर्ता लिन निवेदन दिएका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिलेसम्म ६० जनाभन्दा धेरै नाम फिर्ता लिइसकेका छन् । उम्मेदवारी फिर्ता लिने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिए पनि अझै निवेदन दिने क्रम चलिरहेकाले सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो । नाम फिर्ता लिनेहरूमा अहिलेसम्म जनमत पार्टीका १९ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका १२ जना, नेकपा एमाल...