गगन-विश्वसँग छलफल गर्न देउवा तयार, आजै वार्ता हुने सम्भावना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । आफूनिकट नेताहरूसँग सोमबार निवासमै भएको छलफलमा देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग आजै छलफल गर्ने जानकारी दिएका हुन् । देउवा निवासबाट बाहिरिने क्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले महामन्त्रीसँग छलफल गर्ने तयारी गरेको जानकारी दिए । 'सभापतिज्यूले आजै महामन्त्रीहरूसँग वार्ता गर्नुहुनेछ,' विश्वकर्माले भने । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई नेतृत्वले लत्याएपछि गगन...