नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिनको बन्दशत्र सकिएको छ । सोमबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रस्तावमाथि समूहगत छलफलपछि मंगलबारसम्मका लागि बन्दशत्र स्थगित भएको हो । समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम मंगलबार बिहान ९ बजेपछि शुरू हुने बताइएको छ । ९ वटा समूह बनाएर दुवै प्रस्तावमाथि समूहगत छलफल भएको हो । नेतृत्व चयनसहित निर्वाचन प्रक्रिया मंगलबार मात्र हुने विशेष महाधिवेशन आयोजक समितिले जानकारी दिएको छ ।