काठमाण्डाै – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आउँदाे माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ । स्वास्थ्य बीमा बोर्डबाट दाबी भुक्तानी नआएका कारण सेवा बन्द गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बोर्डबाट झन्डै ४० करोड रुपैयाँ लिन बाँकी छ । अहिले स्वास्थ्य बीमातर्फ महिनाको पाँच करोड रुपैयाँ हाराहारीमा खर्च हुने गरेको छ । तर बीमा बोर्डले ५० प्रतिशतमात्र दाबी स्वीकृत गर्ने गरेको छ । दररेट शुल्कमा असमानता, लगातार अस्वीकृत दाबी र मासिक झन्डै २ करोड रुपै...