पार्टीलाई विभाजनबाट रोक्न नेताहरूको सुझाव, गगन-विश्वसँग छलफल गर्दै देउवा​

नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनको आह्वान गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । देउवाको निवास महाराजगञ्जमा भएको छलफलमा नेताहरूले पार्टीलाई विभाजनमा जान नदिन पहल गर्न सभापति देउवा र पदाधिकारीको ध्यानाकर्षण गराएका हुन् । पार्टी प्रचार विभाग प्रमुख समेत रहेका संस्थापनका नेता मीन विश्वकर्माले महामन्त्रीद्वयसँग कुरा गर्न सभापति देउवा तयार रहेको जानकारी दिए । उनका अनुसार देउवाले ​महामन्त्रीद्वय थापा र शर्मासँगै आजै छलफल ग...