वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै – सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि/नोक्सानी पुर्‍याएको आरोपमा दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ का अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष ईश्वर कोइराला, तत्कालीन वडा सचिव विनय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले कीर्ते सहीछाप गरि मृत्यु भइसकेका १४ जना व्यक्तिका नाममा सामाजिक सुरक्षाबापतको रकम बुझेका अख्तियारको आरोपपत्रमा उल्लेख छ । वडाध्यक्ष कोइरालाले ८ हजा...