निर्वाचित जनप्रतिनिधिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएमा पदबाट राजीनामा दिनु नपर्ने स्पष्ट भएको छ। निर्वाचन आयोगले सोमबार जारी गरेको एक सूचना अनुसार मनोनयनपत्र दर्ता भएपछि त्यस्तो पदबाट स्वतः पदमुक्त भएको मानिनेछ। आयोगका अनुसार सङ्घीय संसदको सदस्य, प्रदेश सभा सदस्य, गाउँ सभा सदस्य वा नगर सभा सदस्य पदमा बहाल रहेको व्यक्ति यदि सङ्घीय संसदको सदस्य वा प्रदेश सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार बनेमा उम्मेदवारी दर्ता हुनु अघिसम्म पदमा रहन सक्ने व्यवस्था छ। तर, मनोनयनपत्र दर्ता भइसकेपछि भने त्यस्तो व्यक्ति स्वतः पदमुक्...