कांग्रेस विशेष महाधिवेशनको कार्यतालिका संशोधन

नेपाली कांग्रेसको दोस्रो केन्द्रीय विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ। पुस २७ र २८ गतेका लागि तय गरिएको महाधिवेशन आज बन्द सत्रबाट सुरु भई विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिएकाले कार्यतालिका परिमार्जन गरिएको पार्टीले जनाएको छ। महाधिवेशन व्यवस्थापन सचिवालयले जारी गरेको सूचनाअनुसार महाधिवेशन अब भोलि बिहान ८ बजेबाट पुनः सुचारु हुनेछ। संशोधित कार्यतालिकाअनुसार महाधिवेशनका बाँकी कार्यक्रमहरू भोलिबाट अघि बढाइने  छ। सचिवालयले भोलि पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया निरन्तर रहने स्पष्ट पारेको छ...