गोरखाका २५ मतदान केन्द्र अझै सडक सञ्जाल बाहिर

गोरखाका २५ मतदानस्थल अझै सडक सञ्जालसँग जोडिएका छैनन् । जिल्लाका जम्मा २२५ मतदानस्थलमध्ये २०० मतदानस्थल भने सडक सञ्जालसँग जोडिएको छ । अधिकांश हिमालपारिका गाउँपालिका चुमनुब्री र केही धार्चेका मतदानस्थल सडक सञ्जालदेखि तीन दिन दूरी टाढा सम्मका रहेका निर्वाचन कार्यालय गोरखाले जनाएको छ । चुमनुब्री गाउँपालिकाका २४ र धार्चेका एक मतदानस्थल सडक सञ्जालसँग जोडिएका छैनन् । निर्वाचनका कर्मचारी तथा सुरक्षाकर्मीहरु चुमनुब्री गाउँपालिकाका मतदानस्थल पुग्न कम्तीमा तीनदिन पैदल हिँड्नुपर्ने बाध्यता छ । सबैभन्दा टाढा चुमनुब्री–१ को साम्...