विशेष महाधिवेशनमा डीएलए अध्यक्ष केसीको नेतृत्वमा बनाइयो निर्वाचन समिति

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा निर्वाचन समिति गठन गरिएको छ ।  डेमोक्र्याटिक लयर एसोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको अध्यक्षतामा विशेष महाधिवेशन हलले निर्वाचन समिति गठन गरेको हो । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र  जारी छ ।  महाराजगञ्जस्थित सभापति शेरबहादुर देवाको निवासमा सहमतिको खोजी भइरहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भएको विशेष महाधिवेशनको बन्दसत्र हलमा निर्वाचन समिति गठन भएको हो ।