नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन् । बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले कांग्रेसलाई एकताबद्ध बनाउने उनले बताएका छन् । सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा चलिरहेको वार्तामा सहभागी उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं ।’ वार्तामा देउवा समूहबाट रमेश लेखक, बालकृष्ण खाँण, गगन-विश्व समूहबाट प्रदीप, देवराज चालिसे, गुरुरा...