रुपेन्देही – सर्वेन्द्र यादवले शिक्षण पेशासँगै कृषिमा सम्लग्न हुँदै आउनुभएको छ । उहाँ बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आउनुभएको छ । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ मा रहेको श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसासँगै कृषि कर्मलाई आत्मसात् गर्दै ‘आत्मनिर्भर जीवन’ को उदाहरण बन्नुभएको छ । कार्यालय समयमा विद्यालय पुग्ने, कक्षाकोठामा ज्ञान बाँड्ने र फुर्सदको समय खेतबारीमा बिताउने उहाँको दैनिकीले ‘समय अभाव’ भन्ने बहानालाई पनि चुनौती ...