सय वर्षभन्दा लामो इतिहास बोकेको प्रतियोगितामा कमजोर प्रतिद्वन्द्वीसँग पराजित भयो पीएसजी

च्याम्पियन्स लिग र फ्रेन्च सुपर कप च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) अप्रत्यासित हारसँगै प्रतिष्ठित घरेलु प्रतियोगिता कुप डे फ्रान्सबाट बाहिरिएको छ । मंगलबार बिहान सम्पन्न अन्तिम ३२ टोलीबीचको भिडन्तमा पीएसजी तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी पेरिस फुटबल क्लबसँग १-० गोलले पराजित भएको हो । पेरिस एफसीको प्रतिस्पर्धात्मक जितमा जोनाथन इकोनले निर्णायक गोल गरे । उनले प्रतिस्पर्धात्मक खेलको ७४ औं मिनेटमा गोल गरेका थिए । पीएसजी प्रतियोगिताको साविक विजेता पनि हो । यसका अतिरिक्त, पीएसजी सर्वाधिक १६ पटकको च्याम्पियन पनि हो । कु...