काठमाण्डौ – नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिका लागि छलफल भइरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेसँगै संस्थापन र विशेष महाधिवेशन पक्ष संवादमा जुटेका छन् । विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ताका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे रहेको समिति बनाएको छ । संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँणले छलफल गरिरहनुभएको छ । त्यस्तै नेता शेखर कोइराला पक्ष पनि सं...