कांग्रेसको विशेष महाधिवेशन : गगन-विश्वको प्रस्तावमाथि ४ वटा प्रदेशको प्रस्तुति सकियो

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ४ वटा प्रदेशको तर्फबाट समूहगत प्रस्तुति सकिएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमाथि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशको तर्फबाट समूहगत प्रस्तुति सकिएको हो । सोमबारदेखि भृकुटीमण्डपमा शुरू भएको बन्दशत्रमा महामन्त्री गगनले समसामयिक राजनीतिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रस्ताव पेश गरेका थिए । ती प्रस्तावहरूमाथि उपत्यका विशेषसहित ८ प्रदेश र भ्रातृ तथा शुभेच्छुक संस्था गरी ९ वटा समूहमा समूहगत छलफल भएको हो । समू...