एक बजेलाई सर्‍यो केन्द्रीय समिति बैठक, सहमति नभए गगन–विश्व नजाने

बहुमत प्रतिनिधिले विशेष महाधिवेशन आयोजना गरेपछि बोलाइएको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक दिउँसो १ बजेका लागि सरेको छ । सहमतिका लागि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षका नेताहरूबीच संवाद चलिरहेकाले बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजेलाई सारिएको हो । वार्तामा सहमति नभए महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन् । वार्ता टोलीका संयोजक प्रदीप पौडेलले सहमति नभए केन्द्रीय समिति बैठकमा सहभागी नहुने बताए । विशेष महाधिवेशनलाई केन्द्रीय समितिले ...