नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । केन्द्रीय निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय भएको भन्दै मंगलबार सूचना जारी गरेका छन् । 'नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६ तथा नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ एवं नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२ बमोजिम नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुने नेपा...