कांग्रेस विशेष महाधिवेशन- सार्वजनिक भयो निर्वाचन कार्यतालिका

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।  निर्वाचन समितिले मंगलबार दिउँसो कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार आजै दिउँसो २ बजे उम्मेदवारी मनोनय गर्ने उल्लेख छ ।  वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा रहेको निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको हो । सहमतिका लागि भएको प्रयास विफल भएपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अगाडि बढेको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा भएको विशेष महाधिवेशनमा ५१ प्रतिशत भन्दा ब...