नेतृत्व चयनका लागि २ बजेदेखि उम्मेदवारी दर्ता, राति ९ बजेपछि मतदान

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता गरिने भएको छ । वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा रहेको निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय दिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको नामावली दिउँसो साढे ४ बजे प्रकाशन हुनेछ । साढे ४ देखि ५ बजेसम्म उम्मेदवारीमाथि दाबीविरोधको समय निर्धारण गरिएको छ ।  यसैगरी, उम्मेदवारीमाथिको दाबीविरोधको छानबिन साँझ ५ देखि साढे ५ सम्म, उम्मेदवारको मनोनयन दर्ता फिर्ता साढे ५ देख...