नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विशेष महाधिवेशन पक्षले गर्ने निर्णयलाई केन्द्रीय समिति बैठकले ठेगान लगाउने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय परिसरमा कार्यकर्तामाझ बस्नेतले आफूहरू भृकुटीमण्डपको निर्णय कुरेर बसेको बताएका हुन् । ‘उताबाट के निर्णय हुन्छ, त्यसलाई ठेगान लगाउन यताबाट निर्णय हुन्छ,’ पार्टी कार्यालयमा उपस्थित तरुण दलका कार्यकर्तासँग बस्नेतले भने । भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको बेला सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको छ।