नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयनको समय दोस्रो पटक थपिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मनोनयनको समय थप गर्दै साँझ ५ बजेसम्मलाई कायम गरेको थियो । तर दोस्रो पटक समय थप गरेर साढे ७ बजेसम्मलाई बनाएको छ । निर्वाचन समितिले शुरूमा दिउँसो ३ बजेसम्मका लागि समय दिएको थियो । त्यसपछि साँझ ५ बजे हुँदै साढे ७ बजेसम्मका लागि थप भएको छ । कांग्रेसका संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचन कार्यक्रम अघि बढाइएको हो । संस्थापन पक्षबीच भएका छलफलले सार्थकता...