'मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न सम्भव छैन, गर्नु हुँदैन'

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन गर्न नसकिने बताएका छन् । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रक्रिया पारदर्शी, विश्वसनीय र अन्तर्राष्ट्रिय मान्यताअनुसार हुनुपर्नेमा जोड दिए । दबाब, प्रभाव वा अस्वीकार्य प्रक्रियाबाट गरिएको निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको निर्वाचन निष्ठामाथि गम्भीर प्रश्न उठ्न सक्ने उनले बताए । ...