नेपाली कांग्रेसको विवाद समाधानका लागि भएको त्रिपक्षीय वार्ता अन्तरिम नेतृत्वको विषयमा पुगेर अड्किएको छ । विशेष महाधिवेशनको स्वामित्व ग्रहण, नीतिगत परिवर्तन, चुनावमा गठबन्धन नगर्ने लगायतका विषयमा संस्थापन पक्ष लचिलो बने पनि सभापति शेरबहादुर देउवाको विकल्प तत्काल खोज्ने विषयमा भने सहमति हुन नसकेको हो । अन्तरिम नेतृत्व चयन गरेर जानुपर्ने विशेष महाधिवेशन पक्षधरको मागप्रति देउवाको राय लिन भन्दै संस्थापन पक्षका नेताहरू उठेका छन् । आधा घण्टापछि फेरि बस्ने गरी उठेको एक नेताले बताए । 'अन्तरिम नेतृत्वको विषयमा कुरा मिले...