कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, भोलि बिहान साढे ८ बजे बस्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि बिहान साढे ८ बजे बस्ने गरी बैठक स्थगित भएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो । पार्टी मुख्यालय सानेपामा साँझ साढे ७ बजे बसेको बैठक उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोलेपछि बैठक स्थगित गरिएको हो । महाधिवेशन पक्षधरसँग सहमतिका लागि भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेका बैठक स्थगित गरिएको उपसभापति गुरुङले जानकारी ...