नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन प्रक्रिया समेत अगाडि बढिसकेको अवस्थामा सहमति भए विशेष महाधिवेशनको हलबाट मात्र हुने बताएका छन् । आफूहरूले गरेको विद्रोह सफल भएको र यसले निष्कर्ष निकाल्ने उनले बताए । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको मंगलबार दोस्रो दिनको बन्दशत्रको अन्तिममा महामन्त्री थापाले सहमतिबाटै टुंगो लगाउन छलफल भए पनि हलबाटै निर्णय हुने बताएका हुन् । ‘सकेसम्म संवादबाट टुंग्याउन सकिन्छ कि भनेर साथीहरूले छलफल गरिराख्नु भएको छ । तर छलफल र सहमतिको टुंगो यही हलबाट मात्र टु...