नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको विवाद संस्थागत पद्धतिबाटै समाधान गरिने बताएका छन् । सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले पार्टीको आधिकारिक निर्णय र विधानभन्दा बाहिर गएर गरिने कुनै पनि गतिविधिले कसैको हित नगर्ने बताए । प्रवक्ता महतले पार्टी एकताबद्ध भएर अगाडि बढ्दा नै सबै नेता तथा कार्यकर्ताको सम्मान र भविष्य सुरक्षित हुने बताए। उनले पार्टीभित्र रहेका फरक-फरक योग्यता र क्षमता भएका व्यक्तित्वहरूलाई समेटेर लैजान संस्थापन पक्ष तयार रह...