गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपयुक्त वातावरण बनिसेको बताएका छन् । उनले दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार भएको स्पष्ट पारे । सप्तरीको राजविराजमा आज साँझ सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त कुराकानीमा उनले निर्वाचनबारे कुनै शङ्का छैन र निर्वाचन देशभर एकै चरणमा हुने बताए । देश चुनावमय बन्दै गएको उल्लेख गर्दै उनले आउँदो फागुन २१ गते नै तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सकारको दायि...