नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेभित्र शुरू हुने निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए । कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । तर, अन्तिममा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम हिजो स्थगित गरेर आजलाई सारिएको थियो । मनोनयनपछि मतदान प्रक्रिया अघि बढ्ने छ । यद्यपि, मतदानको कार्यक्रम समितिले सार्वजनिक गरेको छैन । ...