इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनमा अहिलेसम्म २ हजारभन्दा धेरैको ज्यान गैसकेको एक अमेरिकी मानवअधिकार संस्थाले दाबी गरेको छ । ह्युमन राईट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीका अनुसार पछिल्ला १७ दिनमा कम्तीमा १ हजार ८ सय ५० प्रदर्शनकारी, १ सय ३५ सरकारी पक्षसँग सम्बन्धित व्यक्ति, ९ सर्वसाधारण र ९ बालबालिकाको ज्यान गएको विवरण छ । अहिलेसम्म १६ हजार ७ सय ८० भन्दा धेरै प्रदर्शनकारी पक्राउ परेका छन्, इन्टरनेट बन्द गरिएकाले ज्यान गुमाएकाहरुको यकिन संख्या आउन नसकेको र अझै धेरै पनि हुन सक्ने अनुमान गरिएको छ । प्रदर्शनहरू देशका ३१ वट...