कांग्रेस विभाजनको संघारमा : सहमति खोज्न शीर्ष नेताहरुले अन्तिम प्रयास गर्दै

काठमाण्डौ – नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ । पार्टी जोगाउन र विवाद मिलाउन भन्दै शीर्ष नेताहरु अन्तिम प्रयासमा जुटिरहेका छन् । गएराति अबेरसम्म भएको छलफलमा भने निष्कर्ष निस्कन सकेन । हिजो दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेको छलफलमा सहभागी नेताहरुले बताएका छन् । आज बिहानको छलफलबाट एउटा टुङ्गोमा पुग्ने उनीहरुको विश्वास छ । संस्थापन पक्षका नेता रमेश लेखकका अनुसार वार्तामा केही सकारात्मक कुरा आएका छन् । त्यस्तै विशेष महाधिवेशन पक्षले पनि पार्टी फुट्नबाट जोगाउन आफूहरुले सक्दो ...