विशेष महाधिवेशनको स्वामित्व लिन संस्थापन तयार, 'एक्जिट'मा देउवाको अडान कायमै

नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको छ । रातभर विभिन्न चरणका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत् नै पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने भएको हो ।  विशेष महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौँ । यदि सहमति नभ...