नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । मंगलबार दिनभर बस्न नसकेको बैठक बुधबार बिहानका लागि बोलाइएको हो । मंगलबार बिहान ११ बजेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केहीबेर बसेर बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको थियो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेता मंगलबार दिनभर वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति ...