‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ताको समय थप गरिएको छ । नेपाली कांग्रेसको विधान, नियमावली तथा विशेष केन्द्रीय महाधिवेशन कार्यविधि र निर्वाचन निर्देशिका बमोजिम यसअघि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न हुने तय भएको छ । सोहीअनुसार मनोनयन पत्र दर्ताका लागि थप स...