अन्तरिक्षमा पठाएको नेपाली भू–उपग्रह ‘मुनाल’ मा प्राविधिक समस्या

काठमाण्डौ – नेपालले भारतको सहयोगमा प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनालमा प्राविधिक समस्या आएको छ । प्रक्षेपणकाक्रममा प्रारम्भिक चरण सफल भए पनि तेस्रो चरणमा समस्या आएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले जनाएको छ । नाष्टले निकालेको विज्ञप्तिअनुसार उडानका क्रममा विचलन आएको छ । नाष्टको पहल तथा व्यवस्थापन र भारत सरकारको सहयोगमा अस्ति सोमवार मुनालको प्रक्षेपण गरिएको थियो । भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको पहलमा श्रीहरिकोटको सतीश धवन अन्तरिक्ष केन्द्रबाट सोमवार बि...