नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आजदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच रातभर चलेका विभिन्न चरणका वार्ता निष्कर्षविहीन भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो । सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि सहमति जुट्न नसकेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अब निर्वाचनमार्फत् नै पार्टीको नेतृत्व परिवर्तन गर्ने प्रक्रिया शुरू गरिएको हो । विशेष महाधिवेशनले यसअघि नै नयाँ नीति पारित गरिसकेको छ । महामन्त्रीद्वयले पेश गरे...