नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबिआई बैंकको रकम लुटेको छ । मंगलबार साँझ बैंकको ३ करोड १० लाख रुपैयाँ लुटपाट गरेर नकावधारी समूह फरार भएको हो । नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेर लगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनालगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गरेको छ । यसैगरी, लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाईसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प...