देउवा निवासमा महामन्त्रीद्वयसँग 'निर्णायक वार्ता', छलफलमा को-को सहभागी छन् ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्व चुन्न निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला विवाद समाधानका लागि महामन्त्रीद्वय र सभापति देउवाबीच भेटवार्ता भएको नेता देवराज चालिसेले जानकारी दिए ।  उनका अनुसार देउवा निवास महारजगञ्जमा जारी वार्तामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू पनि सहभागी छन् । आजको वार्तामा मंगलबार मिल्न बाँकी रहेका विषयमा सहमतिको प्रयास हुनेछ ।  विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्...