विशेष महाधिवेशनले बदलेको कांग्रेस कार्यकर्ताको मनोविज्ञान

नीतिगत प्रष्टता र विपक्षीको आक्रामक प्रचारका बीच निरन्तर संलग्न गराउने कार्यक्रमका पक्षमा ठोस नतिजा दिने गरी निर्णय हुने हो भने आम निर्वाचनको मुखमा यसले कार्यकर्तामा आशाको सञ्चार गराउनेछ। विपक्षीहरू चुनावी कार्यक्रम लिएर घरदैलोमै आइपुग्दा आफ्नो दलभित्र महाधिवेशन हुने वा नहुने, टिकट कसले बाँड्ने र के नीति लिएर नेतृत्वको प्रतिरक्षा गर्ने भन्ने प्रष्टता नहुँदा कार्यकर्तामा देखिएको असुरक्षा र कमजोर मनोविज्ञानलाई नेतृत्वले बुझ्न आवश्यक छ।