पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको  टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै आज बिहान भएको दुर्घटनामा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो ।  मृतकको  ठेगाना भने खुलेको छैन । मृतक चालक हुन् वा अन्य कोही हुन् भन्ने भने एकिन हुननसकेको प्रहरीले जनाएको छ । गाडीमा अरू पनि सवार थिए/थिएन् भन्ने कुरा खुल्न नसकेको छैन । घटनास्थलमा खोला र झाँडी...