काठमाण्डौ – चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा भोलि माघ १ गते बृहत् रैथाने कृषि मेला आयोजना हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र रैथाने एग्री प्रडक्ट्स नेपालले संयुक्त रूपमा मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ । मेलाका प्रचारप्रसार समिति संयोजक रामबहादुर चौहानले ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ माघे सङ्क्रान्तिका दिन भृकुटीमण्डप...